विपक्षहरुले नै नेकपाले निर्वाचनमा सोचेभन्दा राम्रो नतिजा ल्याउँछ भन्न थालेः पुष्पकमल दाहाल


२९ माघ २०८२, बुधबार १४:४९ मा प्रकाशित


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढदै गएको दाबी गर्नुभएको छ ।


बुधवार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उहाँले विपक्ष राजनीतिक दलहरुले समेत निर्वाचनको माहौला आफ्नो पार्टीको पक्षतिर गएको भन्ने निष्कर्षमा पुगेको जिकिर समेत गर्नुभयो ।

संयोजक दाहालले नेपाली कम्युनिष्ट पार्टीको प्रत्यक्षतर्फको निर्वाचनमा राम्रो नतिजा आउने देखिएको उल्लेख गर्दै सबैभन्दा उत्कृष्ट पार्टी बनाउने गरी मेहनतका साथ निर्वाचनको प्रचार अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले नयाँ भनिएका राजनीतिक दलहरुले नयाँ ठाउँमा निर्वाचनको केही माहौल देखिएपनि पुराना ठाउँहरुमा त्यो नदिएको समेत बताउनु भयो । संयोजक दाहालले आफ्नो पार्टी, काँग्रेस, एमाले र रास्वपाबीच निर्वाचनमा कडा प्रतिष्पर्धा हुने पनि बताउनु भयो ।

उहाँले आगामी १०, १५ दिन भित्र नेपाली कम्युनिष्ट पार्टीले अन्य पार्टीहरुलाई पछाडि पारेर निर्वाचनको माहोल बनाउने विश्वास समेत व्यक्त गर्नुभयो । संयोजक दाहालले नेपाली कम्युनिष्ट पार्टी नयाँ र सबैभन्दा भिजन भएको पार्टी भएको भन्दै त्यसमा हजारौ युवा पुस्ताहरुले साथ दिएको समेत बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here