मन्त्रिपरिषद् बैठकको निर्णय ः राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत, प्रहरीको रासन स्केल बढ्यो


१६ माघ २०८२, बिहीबार १८:४३ मा प्रकाशित


राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापान भ्रमणमा जानुहुने भएको छ ।


बिहीवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उहाँ नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणन स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

अर्यालकाअनुसार राष्ट्रपति पौडेल नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी माघ १८–२१ गतेसम्म तीन दिने भ्रमणमा जान लाग्नु्भएको हो । बैठकले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

आगामी फागुन १ गतेदेखि लागू हुनेगरी रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय गरिएको अर्यालको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here