धनुषा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ फुटबल ग्राउन्डनजिक आइतबार बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बसमा ३३ यात्रु रहेकामा चालकसहित १७ जना घाइते भएका हुन् । घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ ।






