मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अप्ठयारो अवस्थामा पुगेको छः दाहाल


२७ बैशाख २०८३, आईतवार १५:०९ मा प्रकाशित


नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अप्ठयारो अवस्थामा पुगेको बताउनुभएको छ । 
जेन–जी आन्दोलनपछि सबै परिघटनालाई पनि मुलुकको स्वाधिनता निकै अप्ठयारो अवस्थामा पुगेको देखिएको संयोजक दाहालको जिकिर थियो ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकलाई सो संकटबाट जोगाउनका लागि सबै देशभक्त कम्युनिष्टहरुबीच एकता आवश्यक रहेको बताउनु भयो । उहाँले सबै कम्युनिष्ट पार्टीहरु भित्र सिंगै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर अघि बढाउने आवाज उठेकाले नेतृत्वले त्यसलाई स्वीकार गरेर अघि बढ्नुपर्ने बेला आएको पनि बताउनु भयो । 

त्यस अवसरमा संयोजक दाहालले नेतृत्वको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनका लागि अभिभावकीय भूमिका निर्वाह गरिदिन नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहलाई आग्रह पनि गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here