प्रतिनिधि सभा सदस्य निर्वाचनः समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न


१३ माघ २०८२, सोमबार २०:५४ मा प्रकाशित


काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपाति निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । 


सोमवार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँकाअनुसार समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ८ लाख ५४ हजार ८००  मतपत्र छपाइ सम्पन्न भएको हो ।

उहाँले प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ कार्य आजदेखि सुरु भएको समेत जानकारी दिनुभयो । अबको १५ दिनभित्र मतपत्र छपाइको कार्य सम्पन्न हुने र क्रमशः निर्वाचन केन्द्रमा ढुवानी गरिने भण्डारीको भनाइ छ । 

उहाँले अगामी फागुन ५ भित्र मतदान क्षेत्र र मतदानस्थलमा मतपत्र पुगिसक्ने समेत जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here