सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी


१३ माघ २०८२, सोमबार १८:१७ मा प्रकाशित


काठमाडौं । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको छ ।  


सोमवार बसेको मन्त्रिपरिषद् बैठकदे अर्को व्यवस्था नभएसम्मको लागि पौडेललाई प्राधिकरणको सञ्चालक समिति अध्यक्षको तोक्ने गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । बैठकले विभिन्न ५ वटा जलविद्युत आयोजनालाई वन क्षेत्रको प्रयोग गर्न स्वीकृति प्रदान गरेको पनि अर्यालले बताउनु भयो । 


उहाँकाअनुसार बैठकले सुतिखोला जलविद्युत आयोजना, तामाकोसी पाँचौँ जलविद्युत आयोजना, माथिल्लो संखुवासभा जलविद्युत आयोजना र सेतीखोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here