संसदीय समितिद्वारा चलचित्र विधेयक २०८१ को मस्यौदा प्रतिवेदन पारित


१३ माघ २०८२, सोमबार १७:१७ मा प्रकाशित


संसदीय समितिले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ ।
सोमबार सिंहदरवारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले सो विधेयक परिमार्जनसहित पारित गरिएको हो । समसामयिक हुने गरी सो विधेयकलाई पारित गरिएको समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिनु भयो । 

विधेयकमा सेन्सर बोर्डका ठाउँमा प्रमाणिकरण समिति राखिएको छ । त्यसैगरी सो समितिको अध्यक्षमा विज्ञहरुलाई नियुक्त गर्ने प्रावधान राखिएको छ । सभापति दाहालका अनुसार सो विधेयकको मस्यौदा प्रतिवेदनलाई भोली (मंगलबार) बस्ने राष्ट्रिय सभा बैठकमा पेश गर्ने कार्यसूचि तय गरिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here