कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन


११ माघ २०८२, शनिबार १८:१७ मा प्रकाशित


काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले जेन–जी शहीदको भावनाअनुसार आफूले काम गर्ने बताउनुभएको छ । 


शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू मन्त्री हुँदा पनि जेन–जीको भावनाअनुसार काम गरेको र आगामी दिनमा पनि सोही कुरालाई निरन्तरता दिने जिकिर गर्नुभयो ।

उहाँले आफू जेन–जी शहीदको अन्त्येष्टिदेखि उपचाररतहरुको अवस्थाबारे पनि जानकारी लिँदै सबै कुरामा सहभागी भएकाले धेरै कुरामा जानकार रहेको बताउनु भयो । जेन–जीको बलिदानलाई मर्न नदिने र त्यसका लागि आगामी निर्वाचनमा आफूहरु उज्यालो पार्टी नेपाल दर्ता गरेर निर्वाचनमा होमिएको बताउनु भयो । 

उहाँले शहीद परिवारसँग आफ्नो पार्टीले दीर्घकालीन रुपमा सहयो गरेर अघि बढ्ने प्रीतवद्धता जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here