देउवालाई काँग्रेस महामन्त्री थापाको आग्रहः विशेष महाधिवेशन पार्टीको कार्यक्रम हो, सहभागी हुनुस्


२८ पुष २०८२, सोमबार १३:४६ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई पुनः आग्रह गर्नुभएको छ ।


काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रश्ताव पेश गर्ने क्रममा उहाँले विधान सम्मत ढंगले आयोजना गरिएको विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरुलाई पुनः आग्रह गर्नुभएको हो ।

उहाँले कार्यक्रममा सहभागीता जनाउनका लागि देशभरका नेता, कार्यकर्ताहरुले आफूसँग सम्पर्क गरिरहेको भएपनि नेताहरुसँग डराएर आउन नसकेको जिकिर समेत गर्नुभयो । महामन्त्री थापाले आफूहरुले आयोजना गरेको विशेष महाधिवेशनलाई कसैले पनि अवैधानिक ठह¥याउन नसक्ने दाबी समेत गर्नुभयो । 

महामन्त्री थापाले देशलाई आशाको सञ्चार गराउन पनि काँग्रेस जागेर अघि बढ्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here