एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा


२८ पुष २०८२, सोमबार १३:४४ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक भन्दा बढि प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा नै गर्नुपर्ने प्रश्ताव गर्नुभएको छ । 


पार्टीको विशेष अधिवेशनको बन्दसत्रमा सांगठानिक प्रतिवेदन पेश गर्दै उहाँले देश र पार्टी दुवै असफल हुने भएकाले एउटै व्यक्तिलाई २ पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने गरी आफूले सो प्रश्ताव गर्नु परेको बताउनु भयो ।

महामन्त्री शर्माले मुलुकको अस्थिरताबाट स्थिरतामा लैजाने कुरामा पनि नेपाली काँग्रेसले अग्रसरता, पहलकदमी लिनुपर्ने बताउनु भयो । महामन्त्री शर्माले समन्यायिक विकासको अवधारणा अन्तर्गत सबै निर्वाचन क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने समेत बताउनु भयो ।

प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्रमा बढी बजेट विनियोजन हुने गरेकाले अब समन्यायिक विकासको अवधारणाअनुसार बजेट विनियोजन गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here