पार्टी विभाजन हुन दिन्नः डा. शेखर कोईराला


२८ पुष २०८२, सोमबार १३:१४ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले पार्टी विभाजन हुन नदिने बताउनुभएको छ । सोमवार आफू पक्षका नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सो प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले आफूले पार्टी जोगाउन कोशिस गरिरहेको र पार्टी जोगाएरै छोड्ने बताउनु भयो । उहाँले पार्टी फुट्छ की भन्ने चिन्ता नगर्न पनि आग्रह गर्नुभयो । सबैसँग समन्वय गरेर मिलाएर अघि बढाउने उहाँको प्रतिवद्धता छ । 

यता, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले भने विशेष महाधिवेशन शुरु गरिसक्नुभएको छ । सोमवारबाट बन्दसत्रको कार्यक्रम पनि चालु छ । यद्यपि संस्थापन पक्षले यसबारे कुनै चासो देखाएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here