बिर्तामोड । महानायक राजेश हमालले देश अहिले संवेदनशिल बिन्दुमा रहेको बताउनुभएको छ ।
बिर्तामोडमा आईतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालीहरुको जीवन सामान्य रुपमा अघि बढेको जस्तो देखिएपनि देश जटिल परिस्थितिमा रहेको उल्लेख गर्नुभयो ।
उहाँले सरकार निर्वाचित जनप्रतिनिधिले नभइ चुनावी सरकारले सञ्चादन गर्नु विडम्बना भएको जिकिर गर्नुभयो । उहाँले चुनौतिसँगै अवसर रहने तर चुनौतिको समाधान गर्नेकुरा आम नागरिककै हुने बताउनु भयो ।
नेपाली जनता भन्दा शक्तिशाली अरु कोही नरहेको बताउनु भयो । उहाँले विगतमा नेतृत्व गर्नेहरु पनि जनताबाट नै चुनिएर आएको बताउनु भयो । भविष्यमा कस्तो व्यक्तिलाई देशको जिम्मेवारी दिने भन्नेकुरा पनि आम नागरिककै हातमा रहेको बताउनु भयो ।






