विराटनगर, पुस २४ गते । मोरङको सुनवर्षी-१ स्थितबाट पथरी शनिश्चरे -६ का बिवेक तिमल्सिना लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका छन् ।
मोरङको प्रहरी चौकी अमरदहले चेकजाँचको क्रममा पुस २३ गते ३ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित उनलाई पक्राउ गरेको हो भने उदयपुरको अस्थाइ प्रहरी पोष्ट बगाहाले त्रियुगा नगरपालिका-४ बगाहा खोला स्थित काँस घारीमा झोलामा बेवारिसे अवस्थामा राखेको ३० किलोग्राम गाँजा फेला पारी बरामद गरेको छ ।






