गृहमन्त्री भइसकेपछि देशमा थप हत्या, हिंसा र आगजनी हुन दिइनँः गृहमन्त्री


२४ पुष २०८२, बिहीबार १६:५२ मा प्रकाशित


काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारले केही गरेन भन्ने भाष्य सिर्जना गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । 


काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आपत्ति जनाउनुभएको हो । उहाँले परिवर्तनलाई स्वीकार गरेमात्रै द्वन्द्व नदोहोरिने बताउनु भयो । मन्त्री अर्यालले द्वन्द्व दोहोरिन नदिने कुराको सुनिश्चितता अन्तरिम सरकारले गरेको जिकिर गर्नुभयो ।

आफू गृहमन्त्री भएर आएपछि  देशमा हिंसा नभएको, थप आगजनी हुन नदिएको र थप राजनीतिक प्रकृतिको हत्या हुन नदिएको दाबी गर्नुभयो । सरकारले केही गरेन भन्ने भाष्यमा विश्वास नगर्न आग्रह गर्नुभयो । उहाँले विधिको शासन मिचेर गरिएको काम सुशासन नहुने बताउनु भयो । 

मन्त्री अर्यालले जेन–जी पुस्ताका एजेण्डा अन्तरिम सरकारको रोडम्याप भएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here