झापा । यहि पुस ९ गते श्रम सस्कृती पार्टिको झापा जिल्ला स्तरिय बृहत सभा बिर्तामोडमा आयोजना हुने भएको छ ।
आइतबार बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै श्रम सस्कृती पार्टि जिल्ला कार्य समिति, झापाका अध्यक्ष केशव भण्डारीले उक्त कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।
बिर्तामोडको सिटी सेन्टरमा आयोजना हुने उक्त सभालाई सम्बोधन गर्न श्रम सस्कृती पार्टिका केन्द्रिय अध्यक्ष हर्कराज साम्पाङ राई आउनु हुने भएको छ । पार्टिका झापा जिल्ला अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा केन्द्रिय सदस्यहरु हिमालय प्रकाश कन्दङवा, केवलराम राई, मिका दुलाल, चन्द्र प्रकाश चेम्जोङ, केन्द्रिय कोषाध्यक्ष समिता राई र केन्द्रिय सचिव ब्रबिम शेर्माको पनि उपस्थिति रहेको थियो । उहाँहरुले पत्रकारहरुको तर्फबाट आएको जिज्ञासाहरुको समाधन गर्ने क्रममा पार्टिको रणनिती र धाराणाबारे पनि बिस्तृत जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको सञ्चालन श्रम सस्कृती पार्टि, जिल्ला कार्य समिति झापाका सचिव सिबन सोराली मगरले गर्नु भएको थियो ।






