प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि सिंहदरबारमा जेन–जीको आक्रोश


९ मंसिर २०८२, सोमबार १७:१४ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठमाथि प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेन–जीहरु प्रधानमन्त्रीलाई भेट्न नपाएपछि आक्रोशित भएका छन् । 
ध्यानाकर्षण बुझाउन सोमवार सिंहदरबार पुगेका जेनजीहरुले घण्टौं कुर्दा समेत प्रधानमन्त्री कार्कीसँग भेट्न नपाएपछि होहल्लासँगै आक्रोशित भएका हुन् । सरकार नातावाद र कृपावादमा लागेको उनीहरुको आरोप समेत छ ।

यता प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले जेन–जी पुस्ताका मागहरु सम्बोधन गर्न सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले सरकार भ्रष्टाचार नियन्त्रणm सुशासन कायम, नातावाद र कृपावादको अन्त्यका लागि गम्भीरताका साथ काम गरिरहेको समेत बताउनु भयो । 

उपयुक्त समयमा जेन–जी प्रतिनिधिहरुलाई प्रधानमन्त्रीसँग भेट गराउने उहाँको भनाइ छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here