जूनियर वीरता जेसिज बिर्तामोड ‘उदीयमान उत्कृष्ट शाखा’ अवार्डबाट सम्मानित


८ मंसिर २०८२, आईतवार १७:३२ मा प्रकाशित

बिर्तामोड । नेपाल जेसिजको आयोजनामा तथा विराटनगर जुनियर जेसिजको आतिथ्यतामा सम्पन्न १४औँ राष्ट्रिय जुनियर जेसीज लिडर्स एकेडेमी २०२५ मा जूनियर वीरता जेसिज बिर्तामोडले (उदीयमान उत्कृष्ट शाखा) प्राप्त गर्न सफल भएको छ ।

मंसिर ३ र ४ गते विराटनगरमा सम्पन्न उक्त कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय जूनियर जेसिज संयोजक रिकेश भण्डारी, क्षेत्र–क संयोजक गौरव कर्णलगायतले संस्थाको वार्षिक गतिविधि, नेतृत्व विकासका पहल तथा प्रभावकारी कार्यक्रमहरूको उच्च मूल्यांकन गर्दै यो अवार्ड वीरता जूनियर जेसिजलाई प्रदान गर्नुभएको थियो ।

अवार्ड संस्थाका अध्यक्ष डाइनामिक लिडर अस्मित गोसाईलाई विशेष सम्मानसहित प्रदान गरिएको थियो । २०२३ मा स्थापना भएको वीरता जूनियर जेसिजले २०२५ को सुरुवातदेखि नेतृत्व, शिक्षा, स्वास्थ्य, सीप विकास, सामुदायिक सेवा तथा सामाजिक परिवर्तनका उद्देश्यसहित निरन्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

युवाको क्षमता अभिवृद्धि, व्यक्तित्व विकास, नेतृत्व निर्माण र प्रतिभा पहिचानमा केन्द्रित भएर काम गर्दै आएको यस संस्थाले स्थानीय समुदायमा सक्रिय र प्रभावकारी भूमिकासहित उदाहरणीय संस्था बनिरहेको छ ।

देशभरका ४५ शाखामध्ये उत्कृष्ट प्रदर्शन, कार्यक्रमहरूको प्रभाव, युवामैत्री उद्यम तथा निरन्तर नेतृत्व विकासतर्फको योगदानको आधारमा नेपाल जेसिजले यो सम्मान वीरता जूनियर जेसिजलाई प्रदान गरेको हो । संस्थाले पहिलो पटक राष्ट्रियस्तरमा प्राप्त गरेको यस अवार्डले संगठनको प्रतिष्ठा र विश्वसनीयता थप मजबुत बनेको अध्यक्ष गोसाईले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिजकी राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर रजनी थापाको विशेष उपस्थिति रहेको थियो । साथै कार्यक्रममा विराटनगर जूनियर जेसिजका संस्थापक अध्यक्ष सिनेटर डा. सन्देश दास श्रेष्ठ, सह–पाइलट सन्दीप दास श्रेष्ठ, विकास खाँकी श्रेष्ठ, डा. विजय मिश्रलगायत उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here