झापाको बिर्तामोडमा एमएडब्लू वृद्धि मोटर्सको आफ्नै सोरुम सञ्चालनमा


३० कार्तिक २०८२, शनिबार १३:०० मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोडमा एमएडब्लू वृद्धि मोटर्सले आफ्नै सोरुम सञ्चालनमा ल्याएको छ । बिर्तामोड २ चारपाने नजिकै एमएडब्लू वृद्धी मोटर्सले डोङफेङको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

उक्त स्वरुमको आज शनिबार एक संक्षिप्त कार्यक्रमकाबिच बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्कीले रिबन काटेर शोरुमको उदघाटन गरेका छन् । नेपालका लागि डोङफेङ नामी र सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स को शोरुम उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कार्कीले यो कम्पनिको गाडी नेपालभर आफ्नो प्रभाव विस्तार गर्ने र आफ्ना ग्राहकहरूको आवश्यकता पूरा गर्ने उदेश्य अनुरुप अगाडि बढिरहेको बताउंदै उनले यसले सबैलाई फाइदा पुग्ने विश्वास ब्यक्त गरे ।

उदघाटन कार्यक्रममा एमएडब्लु वृद्धि मोटर्सका कार्यकारी प्रमुख प्रसन्न पन्तले ,डिलर हेड गोविन्द भुसाल, बिजनेस हेड बिशाल शिवाकोटी, मार्केटिङ बिराज श्रेष्ठ, बिर्तामोडका युवा व्यवसायी बिशाल थापा लगायतको आतिथ्यता रहेको थियो । शोरुमको उदघाटन समारोहमा एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प समेत सञ्चालन गरिने जानकारी दिइयो । एक साता सम्म चल्ने क्याम्पले ग्राहकहरूलाई नवीनतम विद्युतीय सवारी साधनहरूको अन्वेषण र परीक्षण गर्ने, विशेष लन्च अफरहरूको आनन्द लिने र उत्कृष्ट एक्सचेन्ज मूल्य र अतिरिक्त बोनसहरूका साथमा आफ्नो सवारीलाई अपग्रेड गर्ने अनुपम अवसर प्रदान गर्ने जनाइएको छ ।

आगन्तुकहरूले प्रत्येक नयाँ खरिदको साथमा अन–स्पट फाइनान्सिङ र निःशुल्क सामानहरूको फाइदा लिन सक्छन ।नामी भिगो E2 को मूल्य रु. ३८,९९,००० निर्धारण गरिएको छ भने E2+ भेरियन्ट रु. ४१,९९,००० मा उपलब्ध छ।

विशेष प्रारम्भिक अफरअन्तर्गत, भिगो E2 रु. ३७,९९,००० मा र E2+ रु. ४०,९९,००० मा प्राप्त गर्न सकिन्छ। एमएडब्लू वृद्धि मोटर्सका सीइओ श्री प्रशन्न पन्त भन्छन्, “नामी 01 का एक हजार भन्दा बढी सन्तुष्ट मालिकहरू भएपछि भिगोले हाम्रो दृष्टिकोण थप फराकिलो बनाएको छ,  पावर, लक्जरी र बुद्धिमत्ता, आधुनिक नेपाली जीवनशैलीका लागि।”

“बोल्ड एण्ड बिल्ट फर यू एसयुभी” नाम डिजाइन थिम बोकेको नामी भिगो नेपाली इलेक्ट्रिक मोबिलिटीको भविष्यको प्रतीक हो जहाँ स्टाइल, सुरक्षा र प्रविधि एकसाथ मिलेर अधिक स्मार्ट, अधिक आत्मविश्वासी ड्राइभको अनुभव दिन्छन्।

डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले हिजो शुक्रबार एक भव्य समारोहका बीच धुलाबारीमा सबैभन्दा उन्नत स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगो आधिकारिक रूपमा अनावरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here