सुरक्षाको प्रत्याभुति गर्न अझै पाएनौँः निजी क्षेत्र


२९ कार्तिक २०८२, शुक्रबार १६:१३ मा प्रकाशित

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् ।


उनीहरुले जेन–जी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई सरकारले पूर्ण सुरक्षाको प्रत्याभुति गराउन नसकेको बताए । आगजनीमा संलग्नलाई अझै कारबाही नभएको भन्दै उनीहरुले तत्काल कारबाहीको माग समेत राखेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठले निजी क्षेत्र अहिले चुनौतीपूर्ण परिस्थीतिबाट अघि बढ्नुपरेको बताउनुभएको छ ।

राजधानीमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले गत वर्षका सूचकहरु हेर्दा अर्थतन्त्र सकारात्मक देखिएपनि अहिले अत्यान्तै अप्ठ्यारो स्थीतिको सामना गर्नुपरिरहेको बताउनु भयो । उहाँले आन्दोलनका कारण फरक परिस्थिति सिर्जना भएको भन्दै व्यक्तीवादी आक्रमणलाई राज्यले छुट दिन नहुने बताउनु भयो । 

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी पुस्ताले गरेको आन्दोलनपछि मुलुक चुनावतर्फ अग्रसर भएको भन्दै यसलाई सकारात्मक रुपमा हेरिनुपर्ने बताउनु भयो । भ्रष्टाचार निवारण, परदर्शीता, नीतिगत स्पष्टता आफूहरुको समेत उठाउँदै आएको बताउँदै जेनजीहरु उठाउँदै आएका मागहरु पूरा हुनुपर्नेमा जोड दिनुभयो । पाण्डेकाअनुसार नयाँ सरकार गठनसँगै राष्ट्र बैंकले लिएका पछिल्ला नीतिहरुले समेत त्यो सन्देश दिएको छ । जेन–जी आन्दोलनले पारेको असरलाई समेत समेटेर परिसंघले अध्ययन समेत गरिरहेको बताउनु भयो । 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले जेन–जी आन्दोलनपछि लगानीकर्तामा निराशा छाएको बताउनु भयो । उहाँले सरकारले तत्कालै सुरक्षाको प्रत्याभुति गर्न जरुरी रहेको बताउँदै राष्ट्र बंैंकले समेत प्रभावकारी नीति अंगिकार गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले सरकारले लिने नीतिगत कुराहरु छिनछिनमा परिवर्तन हुँदा निजी क्षेत्रलाई मार पर्ने गरेको बताउनु भयो । प्रतिष्पर्धी कर नीति हुन जरुरी रहेको बताउँदै  सरकारले यसमा ख्याल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here