गृहमन्त्रीद्वारा जेन-जी आन्दोलनमा आगलागी र तोडफोड भएको राष्ट्रपति निवासको निरीक्षण


१८ कार्तिक २०८२, सोमबार १३:२७ मा प्रकाशित


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनमा आगजनी र तोडफोड भएको राष्ट्रपतिको निजि आवास रहेको बोहोराटार  निरीक्षण गर्नुभएको छ । 


क्षतिग्रस्त संरचना निरीक्षणका लागी गृहमन्त्री अर्याल सोमवार  बोहोराटार  पुग्नुभएको हो । भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा भवनमा आगजानी भएको थियो । यसैगरी गृहमन्त्री अर्यालले सोमवार नै प्रहरी चौकी बालाजुको पनि निरीक्षण गर्नुभएको छ ।

प्रहरी चौकी बालाजु पनि जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड तथा आगजानी गरेका थिए । उक्त प्रहरी चौकी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here