झापा । नेपालकै अग्रणी नुडल्स ब्रान्ड वाइ वाइ ले आफ्नो नयाँ उपभोक्ता उपहार योजना ‘वाइ वाइ मालामाल विक्ली’ अन्तर्गत पहिलो हप्ताका भाग्यशाली विजेताहरूको घोषणा गरेको छ।
उपभोक्तामाझ अझ रमाइलो र आकर्षक सहभोगिता प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यो योजना विशेष रूपमा कोशी र मधेश प्रदेशका उपभोक्ताहरूका लागि सञ्चालनमा आएको हो।
यस योजनाअन्तर्गत वाइ वाइका प्याकेटभित्र रहेका पहेंलो र रातो कुपनहरू मार्फत उपभोक्ताले नगद पुरस्कार जित्ने अवसर पाउँछन्। पहेंलो कुपनमार्फत ग्राहकले रु. १०० देखि रु. १ लाखसम्म सिधै नगद पुरस्कार जित्न सक्छन् भने, रातो कुपनको QR कोड स्क्यान गरेर साप्ताहिक ‘लक्की ड्र’ मा सहभागी हुन सकिन्छ।
हरेक हप्ताको लक्की ड्रबाट तीन जना भाग्यशाली विजेता छनोट गरिन्छ। विजेताहरूमध्ये पहिलोले रु. २५,०००, दोस्रोले रु. १५,००० र तेस्रोले रु. १०,००० प्राप्त गर्नेछन्।
यस योजना अन्तर्गत प्रदान गरिने सम्पूर्ण पुरस्कार रकममा प्रचलित कानुन बमोजिम कर कट्टी गरिने वाइ वाइले जनाएको छ।
पहिलो हप्ताका विजेताहरूको विवरण
| पुरस्कार | नाम | कोड | ठेगाना | जिल्ला |
|---|---|---|---|---|
| पहिलो पुरस्कार (रु. २५,०००) | स्मिता तामाङ | 1N1PBL9HOCOQ | अर्जुनधारा –६, बिर्तामोड | झापा |
| दोस्रो पुरस्कार (रु. १५,०००) | जीवन कुमार साह | 2NRPXXH20SQ8 | कञ्चनरुप–५, पथरी | सप्तरी |
| तेस्रो पुरस्कार (रु. १०,०००) | विरेन्द्र धमाल | AK0WA7JTRLML | दमक–०४, अर्नाखाडी | झापा |
लक्की ड्रमा सहभागी हुने सजिलो प्रक्रिया
१. वाइ वाइ प्याकेटभित्र रहेको रातो कुपनको QR कोड स्क्यान गर्नुहोस्।
२. आफ्नो व्यक्तिगत विवरण भरी साप्ताहिक लक्की ड्रमा सहभागी हुनुहोस्।
यसरी प्रत्येक हप्ता नयाँ विजेताहरू घोषणा गरिँदै जाने वाइ वाइले जनाएको छ।






