इक्यान झापाको सातौं बार्षिक साधरणसभा तथा चौंथो अधिबेशन सम्पन्न


१५ कार्तिक २०८२, शुक्रबार १७:३६ मा प्रकाशित

झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)  झापाको सातौं बार्षिक साधरणसभा तथा चौंथो अधिबेशन सम्पन्न भएको छ ।  आज शुक्रबार बिर्तामोडमा एक संक्षिप्त कार्यक्रमकाबिच वार्षिक साधारण सभाको प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले उद्घाटन गरेका थिए ।  

प्रमुख अतिथि भट्टराईले इक्यान आफै शैक्षिक संस्था नभई शैक्षिक परामर्शदाता मात्र भएको उल्लेख गर्दै योग्य विद्यार्थी उत्पादनका लागि इक्यानले विदेशमा रहेका शैक्षिक संस्थाहरुसँग समन्वय गरेर्र  अध्ययनका लागि विदेश जाने विद्यार्थीलाइ परामर्श दिंदै आएको बताए । 

कार्यक्रममा प्रमुख अतिथि भट्टराई, (इक्यान) केन्द्रको निबर्तमान  अध्यक्ष प्रकाश पाण्डे , झापा संस्थापक अध्यक्ष सुमन शर्मा जम्मरकट्टेल, जिल्ला खेलकुद बिकास समिति अध्यक्ष  प्रशान्त भण्डारी , ईलाका प्रहरी कार्यलय बिर्तामोडका डिएसपी  बिजय श्रेष्ठ , झापाका साहयक प्रमुख जिल्ला अधिकारी  तेजप्रकाश प्रसाईं लगायतले शुभकामना मनतब्य राखेका थिए । 

औचित्यमाथि प्रकाश सहित स्वागत उपाध्यक्ष राजकुमार कार्कीले गरेको कार्यक्रमको सञ्चालन सचिव अशोक भण्डारीले गरेका थिए । (इक्यान)  झापा अध्यक्ष रोशन सुवेदीको अध्यक्षतामा उद्धघाटन कार्यक्रम गरिएको हो । 

अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । नेतृत्व सर्वसम्मत हुने जनाइएको छ ।  बार्षिक साधारणसभाको अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । बढ्दो रगतको अभावलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको इक्यानका सामाजिक उत्तरदायित्व बिभाग प्रकाश पराजुलीले जानकारी दिए । बिर्तामोड रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३० जनाले रक्तादन गरेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here