आगामी महाधिवेशनपछि म काँग्रेस सभापति रहँदिनः देउवा


२८ आश्विन २०८२, मंगलवार १६:२९ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आगामी १५ औं महाधिवेशनबाट आपूmले पार्टीको नेतृत्व छोडने दोहो¥याउनुभएको छ ।


जेन—जी आन्दोलनपछि मंगलबार पहिलो पटक सार्वजनिक हुनुभएका उहाँले पार्टी केन्द्रिय कार्य समिति बैठकलाई लिखित सम्बोधन गर्दै हाल पार्टीमा नेतृत्व हस्तान्तरणको सवाल उठेको उल्लेख गर्दै १५ औं महाधिवेशनबाट आफू पार्टीको नेतृत्वमा नरहने स्पष्ट पार्नुभएको हो ।

सभापति देउवाले घरमा सधैं एकै जना मुली नरहने दृष्टान्त पेश गर्दै पार्टीको वैधानिक व्यवस्था र आफ्नो राजनीतिक इच्छा पनि अब पार्टीको नेतृत्वमा नरहने रहेको उल्लेख गर्नुभयो । त्यस अवसरमा सभापति देउवाले आफूले यसअघि नै १५ औँ महाधिवेशनबाट पार्टीको नेतृत्वमा नरहने कुरा भनिसकेको स्मरण गराउँदै अब नयाँ नेताले पार्टी सभापतिको जिम्मेवारी लिनेमा कुनै द्विविधा नरहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here