काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले यथास्थितिमा काँग्रेस जनतामा जान नसक्ने बताउनुभएको छ ।
शनिवार पदाधिकारी र पूर्वपदाधिकारी बैठकका लागि पार्टी केन्द्रिय कार्यालय सानेपा पुग्नुभएका नेता केसीले यस्तो बताउनुभएको हो । उहाँले यथास्थिति, अहिलेको विधि, पद्धति र अनुहार लिएर जनताको बीचमा काँग्रेस जान नसक्ने जिकिर गर्नुभयो ।
उहाँले अहिलेको विधि, पद्धतिलाई व्यापक परिवर्तन गर्न जरुरी रहेको उहाँको भनाइ छ । युवा पिँढीको धारणालाई प्रतिनिधित्व गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनु भयो ।
उहाँले उर्जाशिल समूहलाई अब पनि पार्टीका हरेक तहमा समानजनक सहभागिता नगराए ठूलो मूल्य चुकाउनुपर्ने बताउनु भयो ।






