शशांक कोइरालाले देउवालाई भन्नुभयो: तत्काल कार्यवाहक सभापति तोक्नुस्


२५ आश्विन २०८२, शनिबार १५:३१ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले केन्द्रिय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।


शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सभापति देउवालाई कार्यबहाक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिनुभयो । नेता कोइरालाले आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरुलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने बताउनु भयो । उहाँले मंसीरसम्ममा पार्टीको नियमित महाधिवेशनको मिति तय हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

नेता कोईरालाले अब बन्ने कार्यवाहक सभापतिले पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने पनि बताउनु भयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here