काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभएको छ ।
जेन—जी आन्दोलनको एक महिना पुगेको स्मरणमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवाहरुले गरेको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसाथ गर्नुपर्ने बताउनु भयो । क्रान्ति पछाडिको कारणलाई समेत गम्भीरताका साथ लिनुपर्ने बताउनु भयो ।
युवाहरुको बलिदान पछि राजनीतिक र आर्थिक सुधार, देशमा विधि र न्यायको शासनको अपेक्षा, देशमा भ्रष्टाचार र बेथितिको अन्त्य भएको हेर्ने चाहना रहेको बताउनु भयो । एकातिर युवामा निराशा व्याप्त रहेको र अर्कोतिर देशप्रति उत्कट प्रेम रहेको बताउँदै उनीहरुको भावनालाई आफूले सम्मान गर्ने बताउनु भयो ।
विगतका सरकारहरुले युवाहरुका आवाज सुन्न र उनीहरुको माग सम्बोधन गर्न नसकेको आरोप लगाउँदै यसका लागि सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्ने बताउनु भयो । युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिवद्ध रहेको बताउँदै नयाँ मार्गमा अघि बढिरहेको जिकिर गर्नुभयो ।
उहाँले राजनीतिक दलहरुले आफूलाई सुधार गर्न जरुरी रहेको बताउनु भयो । आन्दोलनका पीडित र घाइतेहरुको उपचार र राहतका लागि विशेष कार्यक्रम अगाडि सारेको बताउनु भयो । उनीहरुको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा रहेको जिकिर गर्नुभयो ।
भ्रष्टाचार, बेरोजगारी, विभेद जस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्न प्रतिवद्ध रहेको बताउनु भयो । भविष्यको नेपाल निर्माणमा जेन जीलाई अर्थपूर्ण रुपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने बताउनु भयो ।






