झापा । झापाको बिर्तामोडमा बिहिबारबाट जुनियर जेसिज ट्रेनिङ सप्ताह सुरु भएको छ।
विरता जुनियर जेसिजको आयोजनामा बिहिबारबाट तालिम सुरु भएको हो। तालिम ९ तारिखदेखि १७ तारिखसम्म सञ्चालन हुने जनाइएको छ।
तालिमको आज एक कार्यक्रमका बीच वीरता जेसिजका पूर्व अध्यक्ष गणेश शाक्यले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए।
कार्यक्रममा बिर्ता जेसिसका पूर्व अध्यक्ष घनश्याम चौधरी ,नेपाल जेसिसका पूर्व राष्ट्रिय उपाध्यक्ष विशाल थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए। विरता जुनियर जेसिज बिर्तामोडका अध्यक्ष अस्मित गोसाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन श्रव्या पराजुलीले गरेकी थिइन्।
कार्यक्रममा बिर्ता जेसिसका कार्यकारी उपाध्यक्ष सुमन पोदार, जुनियर जेसी संयोजक एलसी श्रेष्ठ वीरता जेसिज बिर्तामोड ट्रेनिङ डाइरेक्टर सुशील थापा, छठ युवा फन्ट्रका अमरजित शाह, लगायतको आतिथ्यता रहेको थियो।
तालिममा १३ वर्षदेखि २३ वर्षसम्म उमेर समुहका ४० बढी किशोर किशोरीहरूको सहभागिता छ । उनीहरूलाई वीरता जेसिज २००३ का अध्यक्ष शिवकुमार अग्रवालले प्रशिक्षण दिनेछन् ।
त्यस्तै सहभागीलाई माइन्युट लेखन सम्बन्धी तालिम सन्चारकर्मी लिला अनमोलले दिने छिन् । सहभागीलाई प्रत्येक दिन छुट्टाछुट्टै किसिमको तालिम दिइने जुनियर जेसिजका अध्यक्ष गोसाइको भनाइ छ ।






