काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले चुनाव गराउन चाहन्छ भन्नेकुरा भ्रम मात्रै भएको बताउनुभएको छ ।
बिहीवार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । महासचिव पोखरेलले सरकारले चुनावको वातावरण बताउनका लागि कुनै पहलकदमी नलिएको जिकिर गर्नुभयो ।
उहाँले सरकारले चुनाव गराउनका लागि राजनीतिक दलसँग कुरा परामर्श नगरेको गुनासो समेत गर्नुभयो । महासचिव पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरुको परामर्श अनुसार नबनेको भन्दै आपत्ति समेत जनाउनु भयो ।
महासचिव पोखरेलले संविधान भित्रैबाट सरकार गठनका लागि प्रक्रिया अघि बढाउन प्रमुख राजनीतिक दलहरुले गरेको आग्रहलाई उपेक्षा गर्ने काम सैह्य नहुने बताउनु भयो ।






