काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलन घटनाको छानविन गर्न बनेको आयोग नमान्ने घोषणा गर्नुभएको छ ।
गुण्डुमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले घटनाको छानविन गर्न बनेको आयोगका संयोजक गौरीबहादुर कार्कीमाथि प्रश्न उठेको भन्दै एमाले र जनताले नमान्ने बताउनुभएको हो । उहाँले आयोगमा बस्नु भन्दा अगाडिका अभिव्यक्तिहरुको प्रश्न उठिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनु पर्दैन थियो ? भन्दै प्रश्न् गर्नुभयो ।
सम्पती छानविनको कुरा उठिरहेको भन्दै अहिलेका सरकारका मन्त्रीहरुको सम्पती छानविन गर्न मान्ने हो ? भन्दै प्रश्न गर्नुभयो । नेकपा एमालेलाई यस्ता नक्कली आयोग मञ्जुर नरहेको बताउनु भयो ।
अध्यक्ष ओलीले तत्कालको तत्काल कोही मानिस विरोधीबाट निष्पक्ष हुनसक्छ ? भन्दै प्रश्न गर्नुभयो ।






