बिर्तामाेडका पुराना व्यवसायी तथा समाजसेवी द्वारिका प्रसाद मित्तलको निधन


१३ आश्विन २०८२, सोमबार १५:५१ मा प्रकाशित

काठमाडौं । झापाको बिर्तामोडका पुराना व्यवसायी तथा समाजसेवी द्वारिका प्रसाद मित्तलको निधन भएको छ। उनको बिर्तामोड ५ स्थित बोलबम मण्डीमा रहेको निवासमा आज सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।


बिर्तामोडका पुराना तथा स्थापित व्यवसाय मित्तलको ८७ वर्षको उमेरमा निधन भएको हो । उनी मुटु रोगबाट पीडित थिए । बुबा रामलाल मित्तल र मोहरा देवी मित्तलको माइलो छोराको रूपमा द्वारिकाको विक्रम सम्वत १९९५ साल माघ १५ गते इलामको नामसालिङमा जन्म भएको थियो ।


तत्कालिन अवस्थामा नामसालिङमा अलैची खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउन द्वारिकाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको थियो। विक्रम सम्वत् २०४३ सालमा सपरिवार बसांइ सरी झापाको बिर्तामोडमा आएका थिए ।


द्वारिकाले लामो समयसम्म अलैचीको व्यापार व्यवसाय सम्हालेका थिए। द्वारिकाका नौ जना छोरा र तीन छोरी रहेका छन्। उनको जेठा छोरा बुहारी दिनेश कुमार र सन्तोषीदेवी मितल , माईला हनुमान र किरण मित्तल, कैलाश र सुनिता, ईश्वर र जानुका , मोहन र मधु , प्रदिप र रेनु , स्वर्गीय छोरा सुरेन्द्र र नेहा , स्वर्गीय छोरा रोशन मित्तल ( दिपा त्यस्तै राजेश र अनुभा रहेका छन् ।


उनका सबै छोरा झापाका स्थापित व्यवसायीक तथा सामाजिक क्षेत्रमा क्रियाशिल छन् । त्यस्तै छोरी ज्वाईँमा बिमला( सत्यनारायण गोयल अन्जु( शिवकुमार सिंघल र अनिता ( सञ्जय सिंघल रहेका छन्।

बाल्यकालमा साधारण शिक्षा हासिल गरेपछि उनले बुवालाई व्यापार–व्यवसाय, खेतीपाती र पशुपालनमा सघाए। १७ वर्षको कलिलो उमेरमै, भारतको राजस्थान भाद्र भनिने शहरका छबिलाल गोयङ्काकी जेठी सुपुत्री सरमनदेवी गोयङ्कासँग २०१२ जेठ १३ गते वैवाहिक बन्धनमा बाँधिए।

द्वारिकाका २८ जना नाति( नातिना रहेका छन् भने २२ जना पनाती पनातिना रहेको पारिवारिक स्रोतले जनाएको छ। उनकी जिवनसाथी सरमनदेवीको यस अघि निधन भइसकेको छ ।
मित्तलको पार्थिव शरीरलाई भोलि मंगलबार कन्काई माईमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।


छोरा राजेश हाल अमेरीकामा रहेकाले उनी आएपछि भोलि मङ्लबार अन्त्येष्टि गरिने परिवारले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here