दुग्ध र उखु किसानका समस्याहरु समाधान गर्छुः कृषिमन्त्री परियार


६ आश्विन २०८२, सोमबार १९:१३ मा प्रकाशित


काठमाडौं ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले पदभार ग्रहण गर्नुभएको छ ।


शितल निवासमा शपथ ग्रहण समारोहपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाँले दुग्ध र उखु किसानका समस्याहरु समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले फागुन २१ गते निर्वाचन गराउने सरकारको मुख्य कार्यभार भएको उल्लेख गर्दै सोहीअनुसार सबै पक्षको सहयोगमा अघि बढ्ने पनि बताउनु भयो । उहाँले किसानको समस्या समाधान गर्ने कुरा आफ्नो प्राथमिकतामा रहने उहाँको भनाइ छ । 

मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने आफ्नो प्रयास रहने उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here