काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जशदीश खरेलले सरकारले फागुन २१ गते जसरी पनि चुनाव गर्नुपर्ने म्यान्डेट पाएको बताउनुभएको छ ।
सोमवार सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उहाँले सरकारको मुख्य काम ६ महिनाभित्र निर्वाचन सम्पन्न गराउनु रहेको बताउनुभएको हो । सञ्चारमन्त्री खरेलले जनताले अनुभुति गर्ने गरी भ्रष्टाचार नियन्त्रण र पुनर्निर्माणको काममा पनि सरकारले केही संरचना बनाएर ठोस काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले धुलो र खरानी टक्टक्याउँदै सरकारले जनतामा अनुभुति हुने गरी पुननिर्माणको कामलाई अघि बढाउने पनि बताउनु भयो ।
त्यस अवसरमा मन्त्री खरेलले कर्मचारीहरुको काममा आफूले हस्तक्षेप नगर्ने पनि बताउनु भयो । राजनीतिक हस्तक्षेपका कारण विगतमा कर्मचारीहरुले काम गर्न नसकेको उल्लेख गर्दैै उहाँले आफूले हस्तक्षेप नगर्ने बताउनु भयो ।






