काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गर्नुभएको छ ।
संविधान दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँ जेनजीको शान्तीपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गर्नुभएको हो ।
उहाँले वास्तविक जेन–जी को हो ? भनेर ठम्याउनुपर्ने बेला भएको उहाँको भनाइ छ । उहाँले जेनजी पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालको विरोधमा आन्दोलन गरेको उल्लेख गर्दै आन्दोलनमा घुसपैठ भएकै कारण राज्य संरचना खरानी भएको बताउनु भयो । उहाँले आफूले कहिल्लै भ्रष्टाचार नगरेको र मन्त्री समेत नभएको भएपनि घर जलाइएको आपत्ति जनाउनु भयो ।
उहाँले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा उहाँको जोड छ ।






