जेन जीको आवरणमा हिंसा भड्काइयो, राष्ट्रिय सम्पतीको यसरी विध्वंश गरेर देशको विकास हुँदैनः विद्यादेवी भण्डारी


३ आश्विन २०८२, शुक्रबार २०:१४ मा प्रकाशित


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन जीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भएको बताउनुभएको छ ।


शुक्रवार जेन–जी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल पुग्नुभएकी उहाँले यस्तो बताउनुभएको हो । उहाँले आन्दोलनबाट ठूलो क्षति भएको बताउँदै नेपाल प्रहरीलाई आत्मबल प्रदान गर्नुपर्ने पहिलो काम रहेको बताउनु भयो । उनीहरु बस्ने भौतिक संरचनाहरु बनाउनुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।

शान्तिपूर्ण ढंगले आफ्ना मागहरु राख्ने भन्दै आन्दोलनमा उत्रिएका जेन जीको आवरणमा हिंसात्मक विध्वंश मच्चाउने काम भएको बताउनु भयो । यसबारे राम्रोसँग अध्ययन हुनुपर्ने बताउनु भयो । राष्ट्रिय सम्पतीको यसरी विध्वंश गरेर देशको विकास नहुने जिकिर गर्नुभयो । 


उहाँले आन्दोलनकारीका नाममा लुटपाट, आगजनी र तोडफोड भएको बताउनु भयो । आवेग, उत्तेजना भन्दा माथि उठेर राष्ट्रिय भावना र सर्वोपरी हित हुनेगरी काम गर्नुपर्ने बताउनु भयो । बदला र प्रतिशोधमा कोही जान नहुने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here