जेन—जी आन्दोलनमा ध्वस्त संरचना पुनर्निर्माणमा जुट्न मन्त्री घिसिङको आह्वान


३ आश्विन २०८२, शुक्रबार १४:५९ मा प्रकाशित

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्र निर्माणमा अभियान जुट्न सबैलाई आह्वान गर्नुभएको छ ।


जेन—जी आन्दोलनको क्रममा आगजनी, तोडफोड गरेर मुलुकका धेरै भौतिक संरचना ध्वस्त भएको उल्लेख गर्दै मन्त्री घिसिङले सबैलाई एकतावद्ध भएर पुनर्निर्माणको काममा केन्द्रित हुन आग्रह गर्नुभएको हो ।

शुक्रवार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको कार्यालयमा श्रमदान अभियानमा सहभागी हुनुभएका उहाँले पुनर्निर्माणको काममा देशविदेशमा रहेका सबै नेपालीहरुले सक्दो सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

सरकारले ध्वस्त संरचना निर्माणका लागि छुट्टै कोष खडा गरेर अघि बढेको उल्लेख गर्दै मन्त्री घिसिङले त्यसमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई सहयोगका लागि पनि आग्रह गर्नुभयो ।

त्यस अवसरमा मन्त्री घिसिङले ध्वस्त भएका संरचनाहरुको व्यवस्थापनको कामलाई तिब्रता दिने पनि बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here