प्रधानमन्त्री कार्कीद्वारा जेनजी आन्दोलनका घाइतेहरुसँगअस्पतालमा भेट


२८ भाद्र २०८२, शनिबार १७:३७ मा प्रकाशित


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेहरुसँग भेट गर्नुभएको छ ।


उहाँले शनिवार अपरान्ह राष्ट्रिय ट्रमा सेन्टर अस्पताल पुगेर त्यहाँ उपचार गराईरहेका घाइतेहरुसँग भेट गर्नुभएको हो । भेटका क्रममा प्रधानमन्त्री कार्कीले घाइतेहरुको राम्रोसँग उपचार गर्न चिकित्सकहरुलाई निर्देशन दिनुभएको सो अस्पतालका चिकित्सकहरुले बताएका छन् ।

जेनजी आन्दोलनका क्रममा ट्रमा सेन्टरमा मात्रै ८ जनाको मृत्यु भएको थियो । त्यसक्रममा नवनियुक्त प्रधानमन्त्री कार्कीले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको थियो । शुक्रवार (हिजो) प्रधानमन्त्रीमा नियुक्त हुनुभएका उहाँले शनिबार आन्दोलनमा परी घाइते भएकाहरुको अस्पतालमा पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

उहाँले आन्दोलनकारीहरुले जलाएका प्रहरी चौकीहरुको पनि अवलोकन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here