काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले कोटेश्वरस्थित जेन जी पुस्ताको आन्दोलनका क्रममा आगलागी र तोडफोड भएको प्रहरी चौकीको अनुगमन गर्नुभएको छ ।
उहाँले शनिवार अपरान्ह त्यहाँ पुगेर आगजनीले क्षतिग्रस्त भएको प्रहरी चौकीको अनुगमन गर्नुभएको हो । प्रहरीले दमन गरेको भन्दै जेन जी आन्दोलनको क्रममा प्रहरीमाथि आक्रमण, कुटपिट हुनुका साथै र प्रहरी चौकीमा आगलागी र तोडफोड भएको थियो ।
देशभरका केही प्रहरी चौकीहरु ध्वस्त भएका छन् । आन्दोलनकारीहरुबाट भएको कुटपिटका कारण केही प्रहरीहरुको ज्यान समेत गएको छ । शुक्रवार (हिजो) प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी कार्कीले आन्दोलनकारीहरुले जलाएका प्रहरी चौकीहरुको अवलोकन गर्नुभएको हो ।






