सामाजिक सञ्जाल बन्द हुँदा देश अस्तव्यस्त हुन्छ, हामी विरोध गर्छौंः माओवादी केन्द्र


१९ भाद्र २०८२, बिहीबार १६:४५ मा प्रकाशित


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता हुन नआएको सामाजिक सञ्जालहरु बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको बताउनुभएको छ ।


संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । यसको माओवादी केन्द्रले विरोध गर्ने बताउनु भयो । सरकारले समयमा काम नगर्ने र सञ्चालन हुने वातावरण नमिलाएका कारण यो समस्या आएको जिकिर गर्नुभयो । नियमनको कुरा आवश्यक रहेको र तर केके र कहाँ समस्या हो पहिचान गर्न जरुरी रहेको बताउनु भयो । 

उहाँले सामाजिक सञ्जाल बन्द भयो भने देश अस्तव्यस्त हुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here