भारत नियन्त्रित कश्मीरमा वर्षाका कारण बादल फुटेर पहिरो जाँदा शनिवार ११ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । श्रीनगरको दक्षिणमा अवस्थित रियासी र रामबन जिल्लाहरूमा बादल फुटेर पहिरो गएको हो ।
रियासी जिल्लाको करारा गाउँमा, भारी वर्षाको बीचमा बादल फुटेर पहिरो गएको हो । जसमा एकै परिवारका सात सदस्यहरू जिउँदै पुरिएका छन् । अर्को घटनामा रामबन जिल्लाको राजगड गाउँमा बादल फुटेर चार जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।






