काँग्रेस सदैव नवप्रवद्र्धन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पक्षमा छः सभापति देउवा


३० श्रावण २०८२, बिहीबार १२:१७ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस सदैव नवप्रवद्र्धन र प्रविधिमार्फत सामाजिक रुपान्तरण गर्नुपर्ने पक्षमा रहेको बताउनुभएको छ ।


नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा बिहीवार सानेपामा आयोजितत कार्यक्रममा उहाँले यस्तो बताउनुएको हो । काँग्रेसले डिजिटल प्लेटफर्मलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गन, प्रविधिमा पहुँच पु¥याई विशेष गरी युवा विद्यार्थी, उद्यमी, किसान, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सिर्जनशीलता प्रवद्र्धन गर्न उपयोग गर्ने बतातउनु भयो ।

जनतालाई केन्द्रमा राखेर उपलब्धि केन्द्रित प्रविधि निति बनाउने पक्षमा नेपाली काँग्रेस रहेको उहाँको भनाई छ । उहाँले प्रविधीमैत्री, नवप्रवद्र्धनशील र डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको पनि बताउनु भयो ।

डिजिटल प्लेटफर्मले कामलाई सहजता, तिब्रता र स्रोतमा पहुँचमा पु¥याएको उहाँको भनाई छ । छ । यसको सकरात्मक पक्ष हुँदाहुँदै पनि कतिपय कुराहरुमा यसको नकरात्मक असर पनि पु¥याएको उहाँले बताउनु भयो ।

डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुुरक्षित हुने समस्याको समाधानको लागि सरकार र सरोकारवाला निकायहरुले समयमा नै ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ । 


उहाँले नेपाली काँग्रेसको नेतृत्वको सरकारको अग्रसरतामा जारी भएको दूरसञ्चारसम्बन्धी निति, ऐन र नियमहरुले आज नेपालका टाढाका बस्तीहरु र सबै नागरिकहरुलाई प्रविधिको पहुँचमा ल्याएको बताउनु भयो । तरपनि प्रविधिका क्षेत्रहरुमा अझै धेरै कामहरु गर्न बाँकी रहेको उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here