काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले विकसित समाजमा एकै पटक फड्को मार्नसक्ने गरी काम गर्न नेपाली जनशक्ति पर्याप्त नरहेको बताउनुभएको छ ।
बुधवार सूचना, प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने विधेयकमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल जस्तो धेरै पछि परेको समाजलाई एकै पटक एआईको युगमा फड्को मार्नसक्ने गरी काम गर्ने जनशक्ति नेपालमा नरहेको बताउनु भयो ।
उहाँले त्यसका लागि विद्यालयस्तरदेखि विश्वविद्यालयस्तर सम्मको पाठ्यक्रममा कोर्षहरु सञ्चालन गर्न जरुरी देखिएको बताउनु भयो । तर विधेयमा ति कुराहरु समावेश नै नभएको बताउनु भयो ।
प्रमुख सचेतक पाण्डेले नेपाली भाषाको स्तरवृद्धि गर्नमा पनि विधेयकमा ध्यान दिन नसकेको बताउनु भयो ।






