काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले माओवादी केन्द्रले २०८४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले पार्टीको हालै सकिएको स्थायी कमिटी बैठकले पार्र्टीलाई नयाँ उर्जा दिएको बताउनु भयो । हाल माओवादी पार्टीका जनवर्गिय संगठन, विभिन्न मुक्तीमोचाहरु असाधारण तरिकाले पार्टी निर्र्माणमा लागेकोले २०८४ सालमा माओवादी केन्द्रको स्पष्ट बहुुमत आउने उहाँको दाबी छ ।
पार्टीले सञ्चालन गरेकोे हुलाकी राजमार्ग अभियान, मध्यपहाडी लोकमार्र्ग अभियानले माओवादीलाई जनतासँग जोड्न सफल भएको बताउनु भयो । माओवादी पार्र्टी केही समय रुमल्लिए जस्स्तो, अल्मलिएजस्तो देखिएपनि अब यसले गति लिएको उहाँको भनाई छ ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले कहिले एमाले, कहिले काँग्रेससंग मिल्ने हुँदा माओवादीको ‘छुट्टै अस्तित्व नभएको होकी’ जस्तो देखिँदा जनता, शहीद तथा बेपत्ता परिवार पार्टीसँग केही टाढा भएकोले पार्टी बीचमा केही कमजोरी भएको स्वीकार गर्नुभयो ।
पार्टीको वर्ग दृष्टिकोण भुत्ते, धुमिल भएको कारण पार्टी शहीद परिवारप्रति उदासिनता भएको, जति ध्यान दिनुपर्ने त्यति ध्यान दिन नसकेको, जनतालाई पनि अलि बेवास्ता भएको जस्तो भएको उहाँको भनाई छ ।
वर्गीय सम्बन्ध जुुन स्तरमा गाढा, घनिष्ट हुनुपर्ने थियो, त्यो नहुँदा पार्टीप्रति शहिद, वेपत्ता परिवारका गुनासाहरु, चित्त दुखाईहरु पनि देखिएको उहाँले स्वीकार गर्र्नुभयो । उहाँकाअनुसार त्यसले माओवादी पार्टीलाई केही कमजोर बनाएको छ ।
पार्टीले २०८४ सालमा एकल बहुमत हाँसिल गर्नको लागी समाजवादी क्रान्तीको रुपरेखा र मागचित्र स्पष्ट पारेको उहाँले बताउनु भयो । २०८१ साल पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रिय समितिको बैठकले समाजवादी क्रान्तीको रुपरेखा, मागचित्रलाई प्रष्ट पारेको उहाँको भनाई छ ।
रुपान्तरण शुद्धिकरणका लागी पार्टीले विगतमा भएका कमी कमजोरीको आत्मासमिक्षा गरेर अगाडी बढेको उहाँले बताउनुु भयो । दर्शन, विचार, दृष्टिकोण, रणनिति, कार्र्यनिति, कार्ययोजना, योजना, कार्यक्रम लागू गर्ने संकल्पका साथ पार्टीले केही समय अघि हुलाकीमार्ग केन्द्रित अभियान चलाएको उहाँले जानकारी दिनुभयो ।
उक्त अभियान आफूहरु जनताको भित्रि तहसम्म पुगेर उनीहरुको समस्याका बारेमा अध्ययन गर्ने मौका लिएको बताउनु भयो । महेन्द्रनगरबाट पोखरासम्म मध्यपहाडी लोकमार्ग अभियानले पार्टीको जनसम्बन्धलाई झनै सुदृढीकरण बनाएको उहाँको दाबी छ ।
माओवादी पार्टीले जनताको मुद्दालाई फेरि पक्रन थालेकोले पनि जनताले अग्रगमनलाई रोज्ने हुँदा माओवादीलाई नै रोज्ने उहाँको दाबी छ ।






