स्मयन बजगाँईलाई विजयी गराउन न्युटन्स एजुकेसन एकेडेमीले अपिल


२१ श्रावण २०८२, मंगलवार २१:२९ मा प्रकाशित

बिर्तामोड । ‘द भ्वाईस किड्स सिजन–४’ को फाइनल राउण्डमा प्रवेश गरेका झापाको विर्तामोड निवासी स्मयन बजगाँईलाई विजयी गराउन न्युटन्स एजुकेसन एकेडेमीले अपिल गरेको छ ।

हिमालय टेलिभिजनमा प्रशारण हुँदै आएको गायन रियालिटी सो को अन्तिम राण्डमा रहेका न्युटन्स एजुकेसनका के छ हजुर विद्यार्थी समेत रहेका उनलाई खल्ती एपमार्फत भोट गर्दै ‘द भ्वाईस किड्स सिजन–४’ को विजेता बनाउन न्युटन्स एजुकेसन एकेडेमीले अपिल गरेको छ।

स्कुलले आज मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा न्युटन्स एजुकेसन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईंले गायनसँगै भोटकै आधारमा विजेता घोषणा गरिने भएकाले उनलाई भोट गर्न आग्रह गरेका हुन् ।

स्मयनलाई विजय गराउन भोटको आवश्यक पर्ने भएकाले उनलाई भोट गर्न न्युटन्स एजुकेसन एकेडेमीका शिक्षक पवित्रा पौडेलले आग्रह गरिन्। स्मयन गायकीमा अब्बल रहेको बताउँदै पौडेलले स्मयनलाई कार्यक्रमको नियम अनुसार भोट दिएर जिताइदिन आग्रह गरिन् ।

स्मयनले सानै उमेरमा गायन क्षेत्रमा राम्रो गरेको भन्दै उनलाई थप सफलताका लागि भोट गर्दै बिजेता बनाउन न्युटन्स एजुकेसनका प्रिन्सिपल देवेन्द्र हुमागाईंले आग्रह गरेका हुन् ।

उनी न्यूटन्स एजुकेशन एकाडेमीमा कक्षा आठमा अध्ययनरत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here