झापामा चाँदीका गरगहना चोरीमा संलग्न दुई युवक पक्राउ


२० श्रावण २०८२, सोमबार २०:३७ मा प्रकाशित

झापा । झापा गाउँपालिका–३ स्थित एक घरबाट चाँदीका गरगहना चोरी भएको घटनामा संलग्न दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

साउन १४ गते दिउँसो करिब १ बजे, झापा गाउँपालिका–३ निवासी २० वर्षीय लरेश मुर्मुको घरबाट चाँदीका विभिन्न गहना चोरी भएको जानकारी प्राप्त भएपछि प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको टोलीले खोजी सुरु गरेको थियो।

प्रहरीले घटनाको चार दिनपछि, साउन १८ गते, सोही वडाका १९ वर्षीय निर्मल बराईली र ऐते बसोबास गर्ने १९ वर्षीय दिपेश रसाइलीलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूमध्ये निर्मल बराईलीको घरबाट चोरी भएका गहनाहरू फेला पारिएको प्रहरीले जनाएको छ। बरामद गरिएका गहनाहरूमा चुरा (बाला) – १ जोर, चाँदीको कल्ली – १ जोर, चाँदीको बिच्छी (सिक्री) – १ थान, पाउजु – १ थान, चाँदीको सिक्री – १ थान, चाँदीको औँठी – ३ थान रहेका छन्।

पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धानका लागि झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here