काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महाराजगञ्ज नर्सिङ क्याम्पसलाई गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्युएए) को प्रमाणपत्र नदिएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
आईतवार क्याम्पसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले क्युएएको महत्व आफूले राम्रोसँग बुझेको बताउनुभएको हो । कुनैपनि साना कारण देखाइ व्यक्तिगत र राजनीतिक प्रतिशोध साँधेर शिक्षालयहरुलाई प्रमाणपत्र नदिनु दुःखको विषय भएको बताउनु भयो ।
क्याम्पसलाई की यि मापदण्डहरु पूरा गर् भन्नुपर्ने कि त क्युएए दिनुपर्ने माग गर्नुभयो । नर्सहरुले जीवनकै स्याहार गर्ने भन्दै विदेशमा उज्वल भविष्यका लागि अध्ययन गर्न जाने तर उतै बस्ने नगरी अनुभव सिकेर स्वदेश फर्कि देश बनाउन लाग्न आह्वान गर्नुभयो ।
मन्त्री राणाले चिकित्सकले सर्जरी, अप्रेसन गर्ने भएपनि नर्सले जीवनकै हेरचाह गर्ने बताउनु भयो । आफ्नो र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्जरी गर्नमा प्रतिष्पर्धा नै रहेको बताउनु भयो । आफ्नो ९ वटा र प्रधानमन्त्री ओलीको १० वटा सर्जरी भएको बताउनु भयो ।






