दलको नेतृत्व लिएपछि कुनैपनि गुट बनाउन लाग्नु हुँदैनः मन्त्री पौडेल


१८ श्रावण २०८२, शनिबार १९:५४ मा प्रकाशित


काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं काँग्रेस नेता प्रदीप पौडेलले दलको नेतृत्व लिएपछि कुनैपनि गुट बनाउन लाग्न नहुने बताउनुभएको छ ।


शनिवार काठमाडौंमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीका नेतृत्व लिएपछि कुनै एउटा गुट खडा गरेर आफ्नो गुटलाई मात्रै माया गर्ने कुरा राम्रो नहुने बताउनु भयो ।

उहाँले पार्टीको नेता भइसकेपछि सबै सदस्यहरुलाई समान व्यवहार गर्न सक्नुपर्ने बताउनु भयो । राजनीति कुनै स्वार्थ त्यागेर र समर्पण गरेर मात्रै गर्न सकिने बताउनु भयो । स्वार्थबाट राजनीतिमा लागेको मानिसलाई राजनीतिक व्यक्तित्व भन्न नमिल्ने बताउनु भयो ।


मन्त्री पौडेलले परिवर्तनका निम्ति जोखिम मोल्न सक्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here