संरक्षण नहुँदा नेपालका स्विट्जरल्याण्ड जस्ता हजारौँ क्षेत्रहरु ओझेलमा परेः प्रथम राष्ट्रपति यादव


१८ श्रावण २०८२, शनिबार १९:५१ मा प्रकाशित


काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संरक्षण नहुँदा नेपालका स्विट्जरल्याण्ड जस्ता हजारौँ क्षेत्रहरु ओझेलमा परेको बताउनुभएको छ ।


शनिवार काठमाडौंमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सुन्दर मुलुक भएको बताउँदै उहाँले यहाँ स्विट्जरल्याण्ड जस्ता हजारौँ क्षेत्रहरु लुकेको बताउनु भयो ।

नेपालको सुन्दरतालाई बचाइराख्न जरुरी रहेको पनि बताउनु भयो । उहाँले आफ्नो जीवनकालमै चारकोषे झाडी, चुरे क्षेत्र मासिएको बताउनु भयो । उहाँले यसले अहिले तराईमा खानेपानीको समेत हाहाकार रहेको जिकिर गर्नुभयो । जलको भण्डार नै चुरे भएको उल्लेख गर्दै चुरेको संरक्षणमा जोड दिनुपर्ने बताउनु भयो ।  


पूर्वराष्ट्रपति यादवले नेपालको संविधान धेरै राम्रो रहेको र यसलाई बचाएर लैजानुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here