झापामा फोटो प्रदर्शनी प्रतियोगिता र पत्रकारिता तालिम हुने


१८ श्रावण २०८२, शनिबार १९:२४ मा प्रकाशित

बिर्तामोड । राष्ट्रिय फोटो पत्रकार समूह झापा शाखाले जिल्लास्तरीय फोटो प्रदर्शनी प्रतियोगिता तथा फोटो पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ। समुहका अध्यक्ष नेत्रविक्रम विमलीको अध्यक्षतामा आज (शनिवार) बिर्तामोडमा भएको कार्यसमितिको पहिलो बैठकले सो निर्णय गरेको हो। 

कार्यक्रमको उद्देश्य झापा जिल्लाभर क्रियाशील फोटो पत्रकारहरूलाई एकताबद्ध गर्दै उनीहरूलाई व्यावसायिक अवसरहरू प्रदान गर्ने रहेको शाखा अध्यक्ष बिमलीले जानकारी दिए।

उनका अनुसार, राष्ट्रिय फोटो पत्रकार समूहको झापामा आयोजना हुने यो पहिलो कार्यक्रम हुनेछ। तालिम भदौको मसान्तसम्ममा गरिने र फोटो प्रदर्शनी प्रतियोगिता असोजको पहिलो हप्तासम्म गरिनेछ।

बैठकमा नेपाल पत्रकार महासंघ झापा शाखाका सह–सचिव तिलक योञ्जन, समूहका उपाध्यक्ष सन्तोष न्यौपाने, कोषाध्यक्ष कवि गुराँगाई, सदस्य चन्द्र बस्नेत, देब बाँस्कोटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समूहका सचिव भरत प्रसाईले गरेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here