कन्काईमा ३०० ग्राम ब्राउनसुगरसहित दुईजना पक्राउ


१७ श्रावण २०८२, शुक्रबार १०:५२ मा प्रकाशित

झापा । झापाको कन्काईमा ठूलो मात्रामा ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सिन्धुली भिमान नगरपालिका १० बस्ने २६ वर्षीय बिनोद बि.क. र झापाको झापा गाउँपालिका ३ बस्ने २४ वर्षीया प्रेमकला महत्तो रहेका छन् ।

आज बिहान ६ बजेको कन्काई नगरपालिका ३ सुरुङगाको टेम्पु स्टेन्डमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायव निरीक्षक सुबास ढुंगानाको कमाण्डमा खटिएको टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई ३ पोका ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

प्लाष्टिकमा ३०० ग्राम ब्राउनसुगर रहेको प्रहरी स्रोतले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याई अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here