नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा


१० श्रावण २०८२, शुक्रबार १७:३० मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेको बताउनुभएको छ ।


शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आज संविधान सबैका लागि स्वीकार्य भएको र संशोधन आवश्यकताअनुसार गर्नुपर्ने बताउनु भयो ।

राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई राख्नुपर्ने कुराहरुका बारेमा छलफल भइरहेको बतउनु भयो । नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि तल व्यवहारतः सबै पार्टीहरुले डेमोक्रेटिक सोसलिस्ट पार्टीको रुमपा काम गरिरहेको बताउनु भयो । 

सभापति देउवाले काँग्रेस प्रजातान्त्रिक पार्टी भएपनि अझै तल्लो स्तरमा पुग्न नसकेको स्वीकार गर्नुभयो । उहाँले अहिलेको संविधान राम्रो भएपनि कोहीसँग नमिली र लचिलोपन नदेखाइ बहुमत ल्याउन गाह्रो रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here